जेहेन्दार उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन पेश गर्नेसम्बन्धी सूचना ।
रवि क्याम्पस पाँचथरमा अध्ययनरत विद्यार्थीहरुले जेहेन्दार उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन पेश गर्नेसम्बन्धी सूचना ।
(प्रथम पटक प्रकाशित मितिः २०८३/०५/२६)
यस क्याम्पसद्वारा वार्षिक रुपमा प्रदान गरिदै आएको जेहेन्दार उच्च शिक्षा छात्रवृत्तिका लागि यस क्याम्पसमा २०८३ सालमा प्रथम, द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत मापदण्ड पुगेका नियमित विद्यार्थीहरुले २०८३ असोज ३० गतेभित्र यस क्याम्पसको वेबसाइट www.rabicampus.edu.np मा रहेको आवेदन फाराम डाउनलोड गरी पेश गर्नहुन सम्बन्धित विद्यार्थीहरुका लागि यो सूचना प्रकाशित गरिएको छ ।
छात्रवृत्तिको प्रकारः
- यस वर्षको मासिक शुल्कमा ५० प्रतिशत बराबरको छात्रवृत्ति प्रदान गरिने ।
आवेदनका लागि आवश्यक योग्यता र मापदण्डः
SLC ( कक्षा १२ ) मा 2.8 वा सोभन्दा बढी GPA ल्याई उत्तीर्ण भएको
यस क्याम्पसमा २०८३ सालको नियमित अध्ययनरत विद्यार्थी
……………..
टिकादेवी भट्टराई
क्याम्पस प्रमुख

